अमेरिका । अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले उपभोग्य वस्तुको मूल्यवद्धि अझै उच्च रहेकाले मुख्य ब्याजदर शून्य दशमलव २५ प्रतिशतले बढाएको छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्प ब्याजदर कटौतीको पक्षमा भए पनि फेडरल रिजर्भले ब्याजदर घटाउनुको सट्टा बढाएको हो । फेडको निर्णयपछि संघीय कोषको ब्याजदर ३ दशमलव ७५ देखी ४ प्रतिशतलसम्म पुगेको छ ।
यो फेडरल रिजर्भले आफूसँग सापटी लिने वा दिनेका लागि तोकेको औसत समर्थन ब्याजदर हो । यो समर्थन ब्याजदर र बजारको माग हेरेर वित्तीय संस्थाले सापटी दिँदा वा बचत लिँदा अर्को रेट तय गर्छन् । त्यसैले अहिले लामो समयका लागि ऋण लिई घर किन्दा बजारमा करिब ७ प्रतिशत ब्याजदर चलेको छ ।
फेडरल रिजर्भको फेडरल ओपन मार्केट कमिटीले बुधबार १२ शून्य मतले ब्याजदर बढाउने निर्णय गरेको हो । अमेरिको अर्थतन्त्र बलियो भइरहेको लगानी तथा उत्पादकत्व पनि मजबुत देखिएको आधार दिएको छ । यसबेला मूल्य वृद्धि फेडको २ प्रतिशतको लक्ष्यभन्दा बढी भएकाले यसलाई नियन्त्रण गर्न कडा मौद्रिक नीति आवश्यक रहेको दाबी फेडरलको छ । यो २०२३ पछि फेडरलले गरेको पहिलो ब्याजदर वृद्धि हो । यो वर्ष अझै एकपटक ब्याजदर वृद्धि हुन सक्ने सङ्केत पनि फेडले गरेको छ ।
फेडको ब्याजदर वृद्धिले बैंकबाट सापटी लिई कार, घर किन्नेलाई भने महङ्गो पर्ने छ । यस्तै, व्यावसायिक कर्जा पनि महङ्गो हुने छ । यसले व्यावसायिक गतिवधिमा सुस्तता ल्याउन सक्छ । ऋण लिएर व्यवसाय गर्न पहिलेभन्दा महङ्गो पर्ने छ । क्रेडिट कार्डबाट पैसा लिएर लामो समय चलाउनेलाई पनि यसले थप पैसा जुटाउनुपर्ने हुन सक्छ ।
फेडको यो निर्णयले नेपाललाई राष्ट्र बैंकलाई भने केही फाइदा हुने छ । राष्ट्र बैंकमा मौज्दात रहेको डलरमा थप ब्याज प्राप्त हुने छ । यसले राष्ट्र बैंकको नाफा बृद्धि गर्छ ।












प्रतिक्रिया