टेक्सस

दशैं उत्सव सहित भलिबल प्रतियोगिता

दशैं उत्सव सहित भलिबल प्रतियोगिता


ह्युस्टन — मगर संघ ह्युस्टनको आयोजनामा गत हप्ता सिएनएस खेल मैदानमा ‘टेक्सस स्तरीय भलिबल प्रतियोगिता’ सम्पन्न भएको छ। टेक्ससका तीन मुख्य शहर—ह्युस्टन, ड्यालस र अस्टिनका आठ भविबल टोलीको सहभागिता रहेको प्रतियोगितामा सृजनशील नेपाली समाज (सिएनएस) र नेप्लिज एशोसियसन अफ ह्युस्टन (एनएएच)को समेत सहयेग रहेको मगरसंघ, ह्युस्टनका अध्यक्ष राजु थापाले हिमालय खबरलाई बताएकाछन्।

चार-चार टोलीको दुई समुह बनाएर खेलाइएको प्रतियोगितामा आयोजक संस्था मगर संघको भलिबल टोली प्रथम हुँदै तीन हजार डलरको नगद पुरस्कार सहित ट्रफी र गोल्ड-मेडल जित्न सफल भयो भने कैलाश भट्टले नेतृत्व गरेको ड्यालसबाट सहभागी भलिबल टिम उपविजेता भयो। त्यसै गरी तेजेन्द्र थापाको कप्तानीमा रहेको शाह फाउण्डेसनको टोली तृतीय भएको थियो। खेसमा दोश्रो र तेश्रो स्थान प्राप्त गर्ने टोलीले क्रमशः $१,५०० र $५०० नगद पुरस्कार, ट्रफी र सहभागी खेलाडीहरुलाई मेडल प्रदान गरिएको थियो।

Advertisement

बिजेता टोली र खेलाडीहरुलाई सिएनसका अध्यक्ष बालकृष्ण बानियाँ, ग्रेटर ह्युस्टन नेप्लिज च्याम्वर अफ कमर्शका उपाध्यक्ष घनश्याम अर्याल, मगर संघका अध्यक्ष राजु थापा लगयातका पदाधिकारीहरुले नगद पुरस्कार, ट्र्फी एवं पदक प्रदान गरेका थिए।

सिएनएस- दशैं भेटघाट
आयोजक संस्थाका अध्यक्ष थापाका अनुसार भलिबल प्रतियेगिताका साथ-साथै सिएनस- दशैं भेटघाट र शुभकामना आदान-प्रदान कार्यक्रम समेत संगसंगै सम्पन्न भएको थियो। बृहत्तर ह्युस्टनका नेपालीहरुलाई भलिबल खेल हेर्दै दशैं मनाउने अवसर समेत मिलेको आयोजकहरुले बताएका छन्। प्रवासको चाडवाड् र पर्वहरु सामुहिक उत्सवका साथ मनाउने परम्परालाई ग्रेटर ह्युस्टनका नेपालीहरुले निरन्तरता दिइरहेका छन्।