टेक्सस

अस्टिनमा तीनदिने दसैँ मेला हुँदै

अस्टिनमा तीनदिने दसैँ मेला हुँदै


शेयर गर्नुहोस:

162
Shares

  • change font
  • change font

अस्टिन, टेक्सास — महिला उद्यमी तथा साना व्यवसायीलाई प्रोत्साहन गर्दै नेपाली समुदायका व्यवसायलाई प्रवर्द्धन गर्ने उद्देश्यले अस्टिनमा तीनदिने दसैँ मेला आयोजना हुने भएको छ। इजी पिपल सप्लायर्सको आयोजनामा अक्टोबर १७ देखि १९ सम्म सञ्चालन हुने मेलामा विभिन्न व्यवसायका स्टल रहने र  मेला मनपसन्द सुपरमार्केटको अगाडिको भवन परिसरमा सञ्चालन हुने बताईएको छ।

मेलामा खानाका परिकार, सौन्दर्य सामग्री तथा सेवा, थ्रेडिङ, मेहन्दी, पहिरन र फेसन सामग्रीका स्टल राखिने आयोजकले जनाएको छ। विशेषगरी महिला स्वामित्वका व्यवसाय तथा साना उद्यमलाई प्राथमिकता दिइने मेलाले स्थानीय व्यवसायीलाई आफ्ना उत्पादन र सेवा समुदायमाझ चिनाउने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।

Advertisement

तीनै दिन अपराह्न ४ बजेदेखि मध्यरातसम्म सञ्चालन हुने मेलामा डिजे संगीतको समेत व्यवस्था गरिएको छ। व्यापार, मनोरञ्जन र समुदायबीचको भेटघाटलाई एकै ठाउँमा जोड्ने उद्देश्यले मेला आयोजना गर्न लागिएको हो।

आयोजकका अनुसार मेलाका लागि २० वटा स्टल राख्ने अनुमति लिइएको छ। तीन दिनका लागि एउटा स्टलको शुल्क २०० अमेरिकी डलर तोकिएको छ। उक्त शुल्कमा टेन्ट, टेबल र कुर्सीको व्यवस्था समावेश गरिएको छ। स्टल बुकिङ खुला रहेको आयोजकले जनाएको छ।