मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

कपिलवस्तुमा थप १० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १२० पुग्यो

कपिलवस्तुमा थप १० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १२० पुग्यो


काठमाडौँ । प्रदेश नं ५ को कपिलवस्तुमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 
 
स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा समीररकुमार अधिकारीले दिएको जानकारीअनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँमा गरिएको नयाँ परीक्षणमा थप १० जनामा कोरोना पुष्टि भएको हो । 
 
कोरोना संक्रमण हुनेहरुमा कपिलवस्तु यशोधरा गाउँपालिका र बुद्धभूमि नगरपालिका ७ र १० निवासी युवाहरु रहेका छन् । उनीहरु १८, १९, २०, २०, २४, ३०, ३१, ३४ र ३४ वर्षका छन् भने एकजनाको उमेर खुलेको छैन । थप १० सहित नेपालमा कोरोना संक्रमणको संख्या १२० पुगेको छ । 
 
सहप्रवक्ता अधिकारीका अनुसार हालसम्म प्राप्त विवरणअनुसार उनीहरु सबैको स्वास्थ्य सामान्य रहेको र सबै स्वास्थ्यकर्मीहरुको सम्पर्कमा रहेका छन् ।