मुख्य समाचार

सामाजिक सद्भाव कायम गर्न मुस्लिम समुदायको भूमिका सराहनीय : देउवा

सामाजिक सद्भाव कायम गर्न मुस्लिम समुदायको भूमिका सराहनीय : देउवा


शेयर गर्नुहोस:

243
Shares

  • change font
  • change font

ललितपुर । नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा सामाजिक  सद्भाव कायम गर्न मुस्लिम समुदायले निर्वाह गरेको भूमिकाको सराहना गरेका छन् ।

पार्टीको भ्रातृ संस्था नेपाल मुस्लिम सङ्घ केन्द्रीय समितिद्वारा पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित इद मिलन तथा नववर्ष-२०८२ को शुभकामना आदानप्रदान कार्यक्रममा उनले सामाजिक सद्भाव कायम गर्न तथा पार्टीलाई सबल बनाउन मुस्लिम समुदायले निर्वाह गरेको भूमिकाको प्रशंसा गरे।

Advertisement

“मुस्लिम समुदायमा धेरै सहयोगी दाजुभाइ दिदीबहिनी हुनुहुन्छ, मुलुकले अङ्गीकार गरेको समावेशी, समानुपातिक शासन व्यवस्थाले सबै जात र समुदायलाई समेटेको र यसलाई अझ समावेशी बनाउन पार्टी सचेत रहेको सभापति देउवाले बताए ।