मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

टेक्सस   
मनोरञ्जन   

ड्यालसमा मार्च ९ मा मेगाहोली

ड्यालसमा मार्च ९ मा मेगाहोली


ड्यालस (अमेरिका) । हरेक वर्ष नेपाली समुदायले उल्लासपूर्ण रुपमा मनाउने गरेको होलीपर्व यस वर्ष टेक्ससको ड्यालसमा आउँदो मार्च ९ तारिक मनाउने तयारी अन्तिम चरणमा पुगेको छ ।

समाजले इन्द्रेणी सांस्कृतिक संघ लगायत डिएफडब्लु मेट्रोप्लेक्सका अन्य धेरै संस्थाहरूसँगको सहकार्यमा होली मनाउन लागेको हो । होलीलाई भव्य र व्यबस्थित बनाउनका लागि आइतबार नेपाली समाज टेक्ससले कार्यसमिति र सरोकारवालाहरुबीच बैठक राखेको थियो । त्यस अवसरमा हालसम्मका तयारी, होलीपर्व मनाउने दिनको लागि गर्नुपर्ने कार्यहरुका विषयमा गंभीर रुपमा छलफल भएको थियो ।

ड्यालसमा नेपाली समुदायले होलीलाई वर्षेनी भव्य रुपमा मनाउने गरेका छन् । यसपटक मार्च ९ तारिक आइतबार ग्रेपभाइन तालको छेउमा रहेको ट्राविक पेभेलियनमा मनाइने जानकारी नेपाली समाज टेक्ससका उपाध्यक्ष बलराम पौडेलले दिएका छन् ।

मेगाहोलीका नाममा मनाउन लागिएको होलीपर्वमा ड्यालस फोर्टवर्थ मेट्रोप्लेक्स क्षेत्रमा रहेका सबै नेपाली समुदायलाई सहभागी भएर उल्लासपूर्वक सहभागी हुन समाजले आव्हान गरेको छ । त्यस अवसरमा विभिन्न सांगितीक प्रस्तुति पनि हुने जनाइएको छ ।