मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डिसी मेट्रो   
मुख्य समाचार   

बाना बोर्ड अफ ट्रष्टीमा प्रभु निर्वाचित

बाना बोर्ड अफ ट्रष्टीमा प्रभु निर्वाचित


बाल्टिमोर (अमेरिका) । यहाँ स्थित दुई दशक पुरानो संस्था बाल्टिमोर एसोसिएन अफ नेप्लिज इन अमेरिका (बाना) को बोर्ड अफ ट्रष्टी अध्यक्षमा प्रभुराम थापा निर्वाचित भएका छन् ।

चुनावमा आफ्नो प्रतिस्पर्धी भन्दा अत्यधिक मत पाएर थापा निर्वाचित भएका हुन् । बाल्टिमोरमा रहेर व्यबसाय, सामाजीक सेवा लगायत कार्यमा थापा निरन्तर कृयाशील छन् । उनी प्रवासी नेपाली मञ्च अमेरिकाको निवर्तमान अध्यक्ष पनि हुन् । हाल उनी सो संस्थाको उत्तर अमेरिका क्षेत्रीय इञ्चार्ज छन् ।

‘चुनाव नगरौं भनेर साथीहरुले सहमतिको प्रयास गर्नुभएको थियो । एकसय १६ ट्रष्टी सदस्यहरु मध्य मलाई ९७ जनाले विश्वास गर्नुभयो । सबैप्रति आभारी छु’ थापाले हिमालयखबरसँग भने । संस्थाका निर्विरोध निर्वाचित अन्य पदाधिकारीहरुमा उपाध्यक्षमा अनुसुया श्रेष्ठ वन्त, सचिवमा सूर्योदय तिमिल्सिना र सदस्यहरुमा रिना केसी, जनक पौडेल र सुशीला महत रहेका छन् ।