मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   
मनोरञ्जन   
मुख्य समाचार   

रामप्रसाद खनालको नयाँ गीत ‘बाँकी छ हेर’ अमेरिकाबाट रिलिज

रामप्रसाद खनालको नयाँ गीत ‘बाँकी छ हेर’ अमेरिकाबाट रिलिज

हिमालय खबर

शेयर गर्नुहोस:

432
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका । ‘बाँकी छ हेर तिम्रो हाम्रो माया प्रीति फुल्न बाँकी छ, बाँकी छ हेर दुवै जना लुक्दै भाग्दै डुल्न बाँकी छ‘ भन्दै जाने मानेका वरिष्ठ लोक तथा दोहोरी गायक रामप्रसाद खनालले फेरि अर्को नयाँ गीत ‘बाँकी छ हेर’ बजारमा ल्याएका छन् । उनले उक्त गीतको एल्बम ‘बाँकी छ हेर’ भर्खर अमेरिकाबाट रिलिज गरेका छन् ।

एक महिनाअघि ‘पानी लिन जाँदा खेरि’ भन्ने गीत रिलिज गरेका खनालको आफ्नै शब्द र स्वर रहेको यस गीतमा थानेश्वर गौतमले सङ्गीत गरेका छन् भने बिबी अनुरागीले सङ्गीत संयोजन गरेका छन् ।

१८ वर्ष देखि अमेरिकामा बस्दै आएका खनाल नेपालमा हुँदा मात्र होइन. अमेरिकामा रहँदा पनि गीतसङ्गीतमा उत्तिकै सक्रिय छन् । उनले हरेक वर्ष अमेरिकाबाटै पनि एल्बमहरू निकाल्दै आएका छन् । लोकगीत, सङ्गीत र दोहोरी गीतका क्षेत्रमा चार दशक यता सक्रिय खनालको यो गीत ‘बाँकी छ हेर’ माया प्रेममा आधारित गीत छ । खनाल आफैले पनि अभिनय गरेको यो गीतमा उनले यसपटक अहिलेको नयाँ पिँडीका चर्चित दुई मोडेल सरोज प्रजा र सोनी विश्वकर्मालाई लिएका छन् ।

सुरेन्द्र बसेलले निर्देशन गरेको म्युजिक भिडियोमा पुष्कर पन्तसहित विभिन्न एक दर्जन बढी कलाकारहरूले अभिनय र नृत्य गरेका छन् । राकेश दाहालले सम्पादन गरेको खनालको यो म्युजिक भिडियो देवदोर्जे लामाले छायाङ्कन गरेका थिए भने बबिता पोखरेलले नृत्य निर्देशन गरेकी थिइन् । गीत प्रिज्मामा रेकर्ड गरिएको थियो ।

हालसम्म रामप्रसाद खनालले योसहित एक हजार दुई सय बढी गीत गाइसकेका छन् । उनले लोक गीत, दोहोरी गीत आधुनिक गीत, भजनकीर्तनदेखि राष्ट्रिय गीतसम्म र तीजका गीतहरू गायनमा पनि ख्याति कमाइसकेका छन् । खनाल रेडियो नेपालका विशिष्ट श्रेणीका गायक पनि हुन् ।

उनका गीतहरू रेडियो नेपाल र नेपाल टेलिभिजनमा सुन्ने हेर्ने दर्शकहरू अहिले युट्युब, अमाजोन, म्युजिक सिडी, बेबी डिस्टोकिड लगायतका इन्टर नेशनल म्युजिक प्लेटफर्महरूमा पनि उपलब्ध छन् । खनाल अन्तर्राष्ट्रिय कलाकार मञ्चका अध्यक्ष पनि हुन् । हालसम्म उनका ५५ भन्दा बढी म्युजिक एल्बम प्रकाशित भई बजारमा उपलब्ध छन् । १८ वर्षदेखि सपरिवार अमेरिकामा बस्दै, बिजनेसहरूमा संलग्न छन् तर उनले आफ्नो गीतसङ्गीत। कलाकारिता र पत्रकारितालाई निरन्तरता दिइरहेका छन् ।

नेपालमा लोक गीत र दोहोरीको क्षेत्रमा निकै ठूलो भूमिका निर्वाह गर्नुको साथी योगदान दिएका खनालका थुप्रै शिष्यहरू पनि अहिले नेपालमा राष्ट्रियस्तरका गायक गायिका र कलाकार बनिसकेका छन् । खनाल तिनै व्यक्ति हुन् जसले नेपालमा लोक दोहोरीलाई आजको यो स्थानमा पुर्‍याउन ठूलो योगदान गरेका थिए ।