काठमाडौँ । कलाकार हरिवंश आचार्यको पहिचान नै हास्य व्यङ्ग्यात्मक प्रहसन र प्रस्तुति रहेको छ । तर, विसं २०७९ मा प्रदर्शन भएको चलचित्र ‘महापुरुष’मार्फत राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ट अभिनेता घोषणा भएपछि उनले आफूलाई नियमितभन्दा फरक भूमिकामा पनि प्रस्तुत गर्दै आएका छन् । अहिले ६७ वर्षको उमेरमा पनि उनी आफ्नो पेशा र कामप्रति युवावस्थामा जस्तै समर्पित र…