सिड्नी, अष्ट्रेलिया । क्रिसमस र नयाँ वर्षको रौनक चलिरहेका बेला अष्ट्रेलियाको सिड्नीमा एक नेपाली युवकको मृत्यु भएको छ । क्रिसमसको पिकनिक खान भन्दै रोयल नेशनल पार्कको वाटामोला समुद्री किनारमा गएका २९ वर्षीय सुजन अधिकारीको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो । हर्सभिलको क्विन स्ट्रिटमा बस्दै आएका उनी साथीहरुसँग पिकनिक खान त्यहाँ गएका थिए…