सिकागो, अमेरिका – राष्ट्रपति बाराक ओबामाले आफ्नो विगत, आठ वर्षको राष्ट्रपति कार्यकाल र आगमी चुनौती उल्लेख गर्दै आफ्नो गृह नगर सिकागोमा भावपुर्ण बिदाइ भाषण दिएका छन् ।
एस वि क्यान (हो हामी सक्छौ ) भन्ने नाराका साथ राष्ट्रपति भएका ओबामाले यसलाई संस्मरण गर्दै भने हो हामीले गरौँ । मैले तपाईँ (अमेरिकी जनता)वाट सिकें तपाईहरुले मलाई राम्रो राष्ट्रपति बनाउनु भयो र तपाईहरुले मलाई राम्रो मानिस वनाउनुभयो ओबामाले भने करिब २० वर्ष उमेर हुदांको स्मरण गर्दै ओबामाले भने जब म पहिलो पटक सिकागो आएको थिएँ मैले आफू के हुँ भन्ने थियो मेरो जीवनको उद्देश्य खोजिरहेको थिएँ यहाँबाट केही नजिक रहेको चर्चमा काम सुरु गरेर कयौँ सघर्ष देखिरहेको थिएँ । मैले के सिकें भने जब सामान्य व्यक्ति कुनै संलग्न हुन्छन् त्यहाँ परिवर्तन सम्भव हुन्छ ।
आठ वर्ष अघि आफूले राष्ट्रपतिको जिम्मेवारी सम्हाल्दा सम्हाल्दा आर्थिक मन्दीको अवस्था रहेको उल्लेख गर्दै उनले आफ्नो कार्यकालमा थुप्रै उपलव्धिहरु भएको दाबी पनि गरे । राष्ट्रपति ओबामाले भनाई राखिरंदा श्रोताहरुले थप चार वर्ष भन्ने नारा लगाइरहेका थिए ।
यसलाई सम्बोधन गर्दै उनले भने म त्यो गर्न सक्दिन । जसरी राष्ट्रपति वुसलाई मलाई सत्ता हस्तान्तरण गरेका थिए मैलेपनि त्यही गर्नु पर्छ । अमेरिकाको प्रजातन्त्र निकै मजबुत भएको यसलाई कसैले भत्काउन नसक्ने धारणा उनले व्यक्त गरेका थिए ।
१० दिन पछि आफ्नो कार्यकालवाट बिदा हुन लागेका ओबामाले देश सेवामा पत्नी मिचेल र छोरीहरुको सहयोगको पनि प्रशंसा गरे । यो भनिरहँदा पत्नी मिचेल भाबुक बानेकी थिइन । ओबामापनि सम्बोधनका क्रममा कयौँ पटक भावुक बनेका थिए । फोटो साभार: सामाजिक संजाल






प्रतिक्रिया