मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

एनआरएन अध्यक्षमा पोखरेलको घोषणा

एनआरएन अध्यक्षमा पोखरेलको घोषणा


हिमालयखबर संवाददाता
न्यूयोर्क (अमेरिका) – गैर अवासीय नेपाली संघ (एनआरएन) अमेरिकाको अध्यक्षमा कृष्ण पोखरेलले उम्मेदवारी घोषणा गरेका छन् । 
 
बिगतमा महासचिब हुँदै हाल बरिष्ठ उपाध्यक्षमा कार्यरत पोखरेलले आगामी मे महिनामा हुनगईरहेको एनआरएन अमेरिकाको निर्बाचनमा अध्यक्षको लागी उम्मेदवारी घोषणा गरेका हुन् । एनआरएन अमेरिकालाई जनस्तरसम्म लैजान र यहाँसम्म ल्याउन महत्वपूर्ण भुमिका खेलेका पोखरेलले आफु पदीय तथा सबै कुराले अध्यक्षको लागी उपयुक्त भएको बताएका छन् । पोखरेलले रिजउड नेपाली समाज, जनसम्पर्क समिती लगायत बिभिन्न सघंसस्धामा काम गरिसकेका छन् । 
 
आफु निर्बाचन भएपछि एनआरएन अमेरिकाको हटलाईन टेलिफोन सेवा सञ्चालनमा ल्याउने जुन चौबिसे घण्टा नेपालीलाई सेवा दिने छ । एनआरएन अमेरिकाको लागी बिशेष परिचयपत्र को ब्यबस्था गर्ने र जसले बिभिन्न ब्यबसायमा जाँदा छुटको सेवा पनि प्रदान गर्ने दावी उनको छ।
 
एनआरएन अमेरिकाको अध्यक्षका लागि यसअघिनै टेक्ससका गौरी जोशीले उम्मेदवारी घोषणा गरिसकेका छन् । 
 
अध्यक्षका लागि वर्तमान उपाध्यक्ष राम सी पोखरेलले पनि उम्मेदवारी दिने तयारी गरिरहेका छन् । उनले उम्मेदवारी दिने सार्वजनिक नगरेपनि भित्री रूपमा निकटस्थ व्यक्ती र शुभेच्छुकहरूसँग उम्मेदवारीका विषयमा घनीभूत छलफल गरिरहेको बताइएको छ ।
 
त्यस्तै उपाध्यक्ष रबिना थापाले पनि अध्यक्षमा उम्मेदवारी दिने तयारी गरेकी छिन् । संघको निर्वाचन हुन पाँच महिना बाँकी छँदै उम्मेदवारहरूलाइ चुनावी माहोल लागिसकेको छ ।