मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

सिआईए प्रमुखमा माइक पम्पियो अनुमोदित

सिआईए प्रमुखमा माइक पम्पियो अनुमोदित


वासिङ्गटन । संयुक्त राज्य अमेरिकाली संसद्को माथिल्लो सदन–सिनेटले राष्ट्रको प्रमुख गुप्तचरीय संस्था–सेन्ट्रल इन्टेलिजेन्स एजेन्सी (सिआइए)को निर्देशक पदमा माइक पम्पियोको मनोनयनलाई अनुमोदन गरेको छ ।
 
गतः सोमबार साँझ (नेपाली समयानुसार मङ्गलबार बिहान) बसेको, एकसय सदस्यीय सिनेटको बैठकमा मतदान हुँदा माइकको समर्थनमा छैसठ्ठी मत र विपक्षमा बत्तीस मत परेको थियो ।
 
माइकले हासिल गरेको छैसठ्ठी मतमध्ये एकाउन्न मत रिपब्लिकन सिनेटरहरुको, चौध मत डेमोक्र्याट सिनेटरहरुको र एक मत स्वतन्त्र सिनेटरको भएको जनाइएको छ । 
 
अमेरिकी राष्ट्रपतिले राष्ट्रिय मह¤वका ठूला पदहरुमा कसैलाई नियुक्त गरेपछि सिनेटको सामान्य बहुमतले यसको अनुमोदन गर्नु आवश्यक छ । 
सिनेटको यस मतदानबाट सिआईए निर्देशक पदमा माइकको नियुक्तिले औपचारिकता पाएको छ ।
 
गत शुक्रबार राष्ट्रपति ट्रम्पले पदबहाली गरेकै दिन सिआईएका पूर्वनिर्देशक जोन ब्रेनानले राजीनामा दिई उनलाई सजिलो पारिदिएका थिए र सोही दिन माइकले नियुक्ति पाएका थिए । राष्ट्रपति ट्रम्प गतः शनिबार सिआईएको प्रधान कार्यालय गएर त्यहाँ एक सद्भाव वक्तव्य दिएका थिए । 
 
वक्तव्यका क्रममा, राष्ट्रपति ट्रम्पले सिनेटले आफ्ना नियुक्तिहरु अनुमोदन गर्न विलम्ब गर्ने गरेको गुनासो गरेको दुई दिनपश्चात् सिनेटले माइकको नियुक्ति अनुमोदन गरेको हो । 
 
सिआईए निर्देशकको यस अनुमोदन नवनिर्वाचित डोनाल्ड ट्रम्पको ह्वाइट हाउसमा राष्ट्रपतीय कार्यकाल सुरू भएपछि ठूला पदहरुमा नियुिक्तको तेस्रो अनुमोदन हो । 
 
यसअघि राष्ट्रपति ट्रम्पले जेम्स म्याटिसलाई रक्षा मन्त्रीमा र जोन केलिलाई आन्तरिक सुरक्षा (होमल्याण्ड सेक्युरिटी) मन्त्रीमा गरेको नियुक्तिलाई सिनेटले यसैगरी अनुमोदन गरिसकेको छ । 
 
क्यासास राज्यबाट रिपब्लिकन पार्टीको टिकटमा सन् २०११ देखि अमेरिकी काङ्ग्रेसमा प्रवेश गरेका ५२ वर्षीय माइक पम्पियो एक कट्टरपन्थी रिपब्लिकनको रुपमा परिचित छन् ।  रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपति पदका लागि दिइने उम्मेदवारी मनोनयनमा उनले ट्रम्पलाई सहृदय सघाएका थिए । रासस / सिन्ह्वा