ड्यालस (अमेरिका)– एक महिना अघि निधन भएका नेपाली समाज टेक्ससका सकृय सामाजीक कार्यकर्ता राजमणि चौधरीका परिवारलाई आइतबार ड्यालसमा सहयोग हस्तान्तरण गरियो । झण्डै ११ हजार डलरको सहयोगका तीन छुट्टाछुट्ट्रै चेक हस्तान्तरण गरिएको थियो । परिवारको सहयोगका लागि खोलिएको गो–फण्डबाट संकलित तथा मधेशी समाज र नेपाली जनसम्पर्क समितिको तर्फबाट संकलित रकम राजमणिकी पत्नीलाई हस्तान्तरण गरियो…