मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

दिदीभाईको चित्रकलाका पुस्तक

दिदीभाईको चित्रकलाका पुस्तक


टेक्सस (अमेरिका)- प्राथमिक तहमा अध्ययन गर्ने दुई बालबालिकाले तयार गरेको चित्रकलाका पुस्तक 'कलरफुल ब्रेन' आउदो  शुक्रबार दुइबजे 'नेपाल साे' चलिरहेकाे स्थान टेक्ससको फ्राेट वर्थ अार्ट सेन्टरमा बिमेचन गरिने भएको छ I
 
एघार बर्षकी श्रेया पोखरेल र ८ बर्षका रदीप पोखरेलले तयार गरेका चित्रकलाहरु यो पुस्तकमा राखिएका छन् । दुबै दिदीभाई गैर आवासीय नेपाली संघ (एनआरएन) अमेरिकाका उपाध्यक्ष राम सी पोखरेलका छोरी र छोरा हुन् ।
 
दुई वर्ष अघि जतिखेर दुबै बालबालिका काठमाडौंको स्कुलमा अध्ययन गर्थे त्यतिखेर उनीहरुले ती चित्रहरु बनाएका थिए । उनीहरुले बनाएको चित्र यत्तिकै राख्दा हराउने, च्यातिने भएकाले छापेर किताबको रुप दिएका हौँ, कलाकारहरुकी आमा सिर्जना पोखरेलले भनिन् ।
 
अधिकांश चित्रहरु कागजमा पेन्सिलले तयार गरिएका छन् । केही चित्रहरुमा रंगको पनि प्रयोग भएको छ । पुस्तकमा श्रेयाका परिवार र प्रकृतिसँग संबन्धित २४ चित्रहरु छन् भने रदीपका मिश्रीत खालका ८ वटा चित्रहरु छन् ।
 
'मलाइ सानैदेखि चित्र बनाउन असाध्यै मनपर्थ्यो । पहिले अपार्टमेन्टमा बस्दा भित्तामा चित्र बनाउँदा बाबाले दुई पटक जरिवाना तिर्दै फेरि रंग लगाउनु परेको थियो' श्रेयाले चित्रकलामा आफ्नो रुची जाग्नुको रहस्य बारे भनिन् । 
 
स्टोरी साइकल अमेरिकाले प्रकाशित गरेको पुस्तकको मूल्य १० अमेरिकी डलर राखिएको छ ।

 

Advertisement
ADVERTISEMENT

शेयर गर्नुहोस:

0
Shares