मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

लसएन्जल्सबासीलाई प्रमोद खरेलको निमन्त्रणा (भिडियो सहित)

लसएन्जल्सबासीलाई प्रमोद खरेलको निमन्त्रणा (भिडियो सहित)


हिमालय खबर संबाददाता, लस एन्जल्स, अमेरिका-
नेपाल अमेरिका एकता समाजको आयोजनामा आज अप्रिल १२ तारिख बुधवारको दिन साँझ ८.०० बजेदेखि तारा हिमालयन कुजिन आर्टेशिया मा नयाँ वर्ष – २०७४ शुभकामना साँझ आधुनिक सुगम सङ्गीतका चर्चित गायक प्रमोद खरेलको साथमा भव्यता तथा रमाइलो वातावरणका साथ सम्पन्न हुन गइरहेको छ ।
 
हरेक वर्ष संस्थागत रूपमा नेपाली नयाँ वर्षलाई विविध कार्यक्रमको आयोजना गरी स्वागत गर्ने लसएन्जल्सका नेपालीहरूले यस वर्ष भने नेपालमा नै पुगेको आभास हुने गरी नयाँ वर्ष मनाउन पाउने भएका छन् ।
 
यसै सन्दर्भमा लस एन्जलसका विभिन्न सामाजिक सङ्घ संस्थाका प्रमुख तथा प्रतिनिधिहरू एंव सम्पूर्ण सामुदायिक सदस्यहरूलाई यसै सूचना मार्फ़त उपस्थितिको लागि हार्दिक अनुरोध गर्दै संसारभर छरिएर रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनिहरुको सु- स्वास्थ्य, सम्वृदि र दीर्घायुको कामना गर्दै यसपालिको नयाँ वर्ष पारिवारिक वातावरणका साथ कार्यक्रम अत्यन्तै रोचक र मनोरन्जनात्मक रहने जानकारी नेपाल अमेरिका एकता समाजकी महासचिव डोल्मा लामाले दिएकी छिन् । 
 
कार्यक्रमको प्रवेश शुल्क $२५ डलर राखिएको जानकारी साथै सबै लसएन्जल्सबासी समुदायलाई यसै सूचना मार्फ़त निम्तो गरिएको छ ।

शेयर गर्नुहोस:

0
Shares