मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाली मन्दिरमा निशुल्क योग प्रशिक्षण हुँदै

नेपाली मन्दिरमा निशुल्क योग प्रशिक्षण हुँदै


हिमालय खबर संबाददाता-
ड्यालस (टेक्सस) । टेक्ससको नेपाली मन्दिरमा हरेक साता निशुल्क योग प्रशिक्षण सञ्चालन हुने भएको छ । 
 
योगगुरु अभयराज उपाध्यायबाट प्रदान हुने योग  प्रशिक्षण हरेक आइतबार बिहान सञ्चालन हुने भएको छ । प्रवास बसाईको क्रमममा धेरै नेपालीहरु असाध्यै व्यस्त हुनाले शरिरले अभ्यास गर्ने अवसर नपाएकोले बिभिन्न रोगले च्याप्ने हुँदा घरमै गर्न सकिने योगका बारेमा प्रशिक्षण दिने तयारीमा म छु, प्रशिक्षक उपाध्यायले भने । 
 
हरेक आइतबार बिहान १० देखि ११ बजेसम्म सञ्चालन हुने योगामा आध्यात्मयोगका बारेमा पनि सिकाइनेछ । धार्मिक प्रवचन सहितको योगा कक्षा सञ्चालन हुनेछ ।
 
उपाध्याय १७ वर्षदेखि योगाको क्षेत्रमा कृयाशील छन् । नेपालको स्थिर गतिशील मानवीय योग संस्कृतिका प्रशिक्षक तथा उपाध्यक्ष भएर उनले लामो समयसम्म काम गरे । 
 
हाल टेक्ससको अर्भिग सिटीमा बस्दै आएका उपाध्यायले अमेरिकी सरकारको सर्टिफाइड निकायबाट योगा एलाएन्सको रजिष्टर योगा प्रशिक्षकको मान्यता समेत प्राप्त गरिसकेका छन् । 
 
योगा कक्षामा उपस्थित भएर स्वास्थलाभ लिन प्रशिक्षक उपाध्यायले नेपाली समुदायसँग अपिल गरेका छन् ।