मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

प्रथम एतिहासिक “उत्तर अमेरिका तामाङ सम्मेलन” अमेरिकाको न्युयोर्क शहरमा हुने

प्रथम एतिहासिक “उत्तर अमेरिका तामाङ सम्मेलन” अमेरिकाको न्युयोर्क शहरमा हुने


तामाङ सोसाइतटी अफ अमेरिकाको आयोजनामा गत  जनवरी २७, २०१७ मा प्रथम ऐतिहासिक  उत्तर अमेरिका तमाङ सम्मेलन को तयारी बैठक अध्यक्ष शान्तबाबु थोकरको अध्यक्षतामा सम्पन्न भएको थियो ।
 
उक्त तयारी बैठकमा क्यानडा लगायत अमेरिका भरीका तामाङ संघ-संस्थाको प्रतिनिधि एंव विभिन्न ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो । भेलाले तमाङ सोसाइटी अफ अमेरिकाको वर्तमान अध्यक्ष शान्तबाबु थोकरको सन्योजकत्वमा २५ सदस्य तदर्थ समिति गठन गरी आगामी मे २१,२२ २०१७ मा सम्पन्न गरिने निर्णय गरेको थियो I तर पर्याप्त समय नभएको कारण गत अप्रिल ९  आइतबार  संयोजक शान्ताबाबु थोकर को अध्यक्षतामा बसेको कन्फ्रेन्स बैठक ले आगामी सेप्टेम्बर २ र ३ २०१७ मा अमेरिकाको न्यु योर्क शाहरमा सांस्कृतिक  कार्यक्रम (डम्फु साँझ) सहितको प्रथम  उत्तर अमेरिका तमाङ सम्मेलन भब्यत्तको साथ सम्पन्न गरिने गरी विभिन्न उप समितिहरू गठन गरियो । सम्मेलन मा नेपाल लगायत अन्य देशका तामाङ संघ संस्थाका प्रतिनिधि एवम् तमाङ व्यक्ति ब्यक्तित्वहरुलाई अतिथिको रूपमा आमन्त्रन गरिनेछ ।
 
३ तीन दिने उक्त्त सम्मेलनमा  पहिलो दिन उद्घघाटन सत्रमा उत्तर अमेरिका तमाङ संस्थाको विषयमा र तमाङ भाषा धर्म र संस्कृतिको विषयमा सम्बन्धित क्षेत्रका बिज्ञहरुलाई  आमन्त्रन गरी छलफल गरिने र दोस्रो दिन अधिवेशन सम्पन्न  गरी उत्तर अमेरिकी तमाङ संस्थाको कार्यसमिति चयन गरिनेछ र सोही दिन बेलुकी सास्कृतिक कार्यक्रम (डम्फु साँझ ) आयोजना गरिनेछ र तेस्रो दिन ४ तारिखमा प्रतिनिधि एवम् पाहुनाहरुको बिदाइ कार्यक्रम गरिने कुरा तमाङ सोसाइटी अफ अमेरिकाको अध्यक्ष  एंव उत्तर अमेरिका तामाङ सम्मेलनका संयोजक शान्त  बाबु थोकर ले जानकारी गराउनु भयो ।

शेयर गर्नुहोस:

0
Shares