हिमालयखवर संवाददाता-
अमेरिका I गत आइतबार युनाईटेड एयरलाइन्सवाट एक यात्रुलाई जबरजस्ती निकालिएको घटना अहिले बहसको विषय भएको छ ।
सिकागोवाट लुइजविल केन्टकी उड्न लागेको युनाइटेड फ्लाइट नम्बर ३४११ मा सिटभन्दा यात्रु संख्या बढी ओभर बुकिंग भएपछि जुन प्रकारवाट एक जना यात्रुलाई निकालियो यो भिडियो सार्वजनिक भएपछि उक्त एयरलाइन्स प्रति आक्रोस बढेको छ ।
भिडियोमा सुरक्षाकर्मी र युनाईटेडका कर्मचारीले पशुलाई झैँ घिसारेर ती यात्रुलाई बाहिर निकालेका छन् । यात्रुको मुखबाट रगत आइरहेको देखिन्छ भने अन्य यात्रुहरुले यो व्यवहार प्रति आक्रोस व्यक्त गरेका छन् ।
यो घटनालाई डिपार्टमेण्ट अफ ट्रासपोर्टशनले छानबीन गरिरहेको जनाएको छ । एक जना सुरक्षाकर्मी निलम्बनमा परेका छन् भने युनाईटेड एयरलाइन्सका लागि यो घटना महँगो पर्ने देखिएको छ । सिकागोमा मुख्य कार्यालय रहेको युनाइटेडसँग सातसय ३८ बिमान सञ्चालनमा छन् । यसले विश्वभरिका तीनसय ४२ गन्तव्यमा उडान गर्छ ।
युनाइटेडको अम्दानी घटिरहेको युनाइटेडले यो घटनामा पीडितलाइ ठूलो क्षतीपूर्ति तिर्नुपर्ने अवस्था देखिएको छ ।
सोमवार रात्रिको जिमी कमेलको चर्चित टेलिभिजन कार्यक्रममा यो घटना विषय विषय बनेको थियो । अन्य सञ्चार माध्यम र सोसियल मिडियामा पनि यो घटनाले महत्त्वपूर्ण स्थान पाएको छ ।
यसले गर्दा युनाईटेड एयरलाइन्सको साख गिरेको छ । आफ्नो उडानसँग सम्बन्धित कर्मचारीलाई सिट उपलब्ध गराउनका लागि जहाजवाट एयरलाइन्सले चारजना यात्रुलाई उनीहरूको चाहना बिपरित निकाल्न खोज्दा यस्तो हुन गएको थियो ।
ती यात्रु प्रवासी जस्ता देखिन्छन् । यो घटनाका प्रत्यक्षदर्शी यात्रुले खिचेको भिडियो सामाजिक सञ्जालमा राखेपछि युनाईटेडको यो कर्तुत बाहिर आएको हो । एयरलाइन्सका प्रमुख कार्यकारी ओस्कार मुनोज प्रतिक्रिया प्रतिपनि आक्रोस व्यक्त भएको छ ।
अहिले 'युनाइेटड एयरलाइन्स नचढौं' जस्ता कमेन्ट सामाजिक सञ्जालमा देखिएका छन् । मङ्गलवार युनाइटेडको शेयर मूल्य पनि तल झरेको छ । एयरलाइन्सले पनि होटेल र पैसा दिँदा समेत कसैले पनि स्वेच्छिक रूपमा सिट छाड्न नमानेपछि प्रचलन अनुसार यात्रुलाई विमानवाट हटाउनु परेको जनाएको छ । तर, सिकागोको एभिएसेन डिपार्टमेण्टलेपनि यसरी यात्रुलाई निकाल्न पाइन्छ भन्ने कहीँ कतै नभएको जनाएको छ ।
युनाईटेडको एयरको शेयर मूल्य मंगलवार ३ प्रतिशतले घटेको छ । यस अनुसार उक्त कम्पनीका लगानीकर्ताले झण्डै १ अर्ब अमेरिकी डलर गुमाएका छन् । युनाईटेडको राम्रो बजार रहेको चीनमा पनि उक्त भिडियो भाइरल भएको छ । पीडित चीनिया मूलका नागरिक भएको बताइएको छ । त्यहाँ युनाईटेड एयरलाइन्स नचढौं भन्ने सन्देश सामाजिक सञ्जालमा भाइरल भएको संचारमाध्यमले जनाएका छन् ।
एरलाइन्सवाट पीडित व्यक्तिले आफूलाई डाक्टर भएको बताउँदै भोलि पल्ट बिरामी हेर्नु पर्ने हुदां आफू गन्तव्यमा पुग्नुपर्ने बताएका थिए । घिसारेस लगेपछि पनि पुन ती यात्रु जहाजमा फर्किएका थिए । युनाईटेडको उक्त उडानमा सिट संख्या भन्दा बढी यात्रुका लागि टिकट वुकिगं भएको भन्ने एयरलाइन्सको दाबी पनि असत्य भएको बताइएको छ ।
एयरलाइन्सका चार जना कर्मचारीलाई सिट चाहिएकाले चढिसकेका यात्रुलाई विमानस्थल कर्मचारीले निकाल्न खोजेका थिए । स्वेच्छिक रूपमा सिट छाड्नेले ८ सय डलरसम्म पाउने घोषणा पछि एक जनालेपनि सिट छाडेका थिए । यो घटना पछि केही विद्यार्थीले सिट छाडेर बाहिर निस्केका थिए । तर, ती यात्रुभने जान पाएनन् ।
यो नाटक पछि मंगलवार दिउसो युनाइटेड एयरलाइन्सले माथि मागेको छ । प्रमुख कार्यकारीले अव कुनै पनि हालतमा यस्तो घटना हुन नदिने जनाउंदै कम्पनीको नीतिमै परिवर्तन गर्ने जनाएका छन् तस्बिर: सामाजिक संजाल
प्रतिक्रिया