एउटा नयाँ क्षेप्यास्त्र परीक्षणपछि उत्तर कोरियाले अमेरिकाको जुनसुकै ठाउँमा क्षेप्यास्त्र प्रहार गर्न सक्ने सामर्थ्य हासिल गरेको जनाएको छ। 'सी अफ जापान'मा खस्नुअघि एक हजार किलोमिटर मात्र यात्रा गरेको उक्त क्षेप्यास्त्रले तय गरेको उचाइले वाशिङटनलाई पनि क्षेप्यास्त्र हमलाको दायराभित्र पार्नसक्ने बलियो संकेत दिएको विज्ञहरुले बताएका छन्। दुई महिनायता पहिलो पटक गरिएको सो क्षेप्यास्त्र परीक्षणले राष्ट्रपति…