मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

एकसय १८ ले गरे रक्तदान

एकसय १८ ले गरे रक्तदान


हिमालयखवर संवाददाता- 
ड्यालस (अमेरिका) – ड्यालसको अर्भिङमा आइतबार आयोजना गरिएको वृहद रक्तदान (मेगा ब्लड ड्राइभ) कार्यक्रममा एकसय १८ जनाले रगत दान गरेका छन् ।
 
ब्लड डोनर्स अफ अमेरिका टेक्सस च्याप्टरको आयोजना भएको रक्तदान कार्यक्रममा यस पटक रक्तदाताहरुको उल्लेख्य सहभागिता रहेको थियो । कार्टर ब्लड सेन्टरसँगको समन्वयमा भएको रक्तदानमा एकसय ३३ जनाले रक्तदानका लागि नाम दर्ता गराएका थिए । नाम दर्ता गरेकामध्य एकसय १८ जना योग्य भएको बिडिए टेक्ससका अध्यक्ष शिव काफ्लेले जानकारी दिए । 
 
रक्तदानका लागि सुविधासम्पन्न चारवटा बसहरु तयार थिए । तीनघण्टासम्म कुरेर नेपालीहरुले रक्तदान गरेका थिए । रक्तदान कार्यक्रममा अर्भिङका मेयर रिक स्टोफर, बिडिएका अध्यक्ष डा. नन्द रेग्मी लगायतको उपस्थिती थियो ।