ड्यालस (टेक्सस) – आउँदो अप्रिल २२ तारिकमा ड्यालसका नेपाली समुदायले स्वर सम्राट नारायण गोपाललाई स्मरण गर्ने भएका छन् । श्रष्टा साँझ र हिमालय खबर अनलाइनको संयुक्त आयोजनामा यो कार्यक्रम हुन लागेको हो । श्रष्टा साँझका प्रभात दीक्षितका अनुसार हरेक महिना साहित्यिक तथा सांगितिक कार्यक्रम गर्ने क्रममा यस पटक स्वर सम्राटलाई स्मरण गरिनेछ । …