कोलोराडो (अमेरिका)- यःमरी पुन्ही उपलक्ष्यमा कोलोराडोका नेवार समुदायले आइतबार एक कार्यक्रम आयोजना गरि मनाएका छन् । नेवा खःल कोलोराडोले आयोजना गरेको यःमरी पुन्ही कार्यक्रममा सहभागी भई यःमरी बनाएर खाई हर्षोल्लासका साथ यःमरी पुन्ही मनाएका हुन् । नेवाखःलका अध्यक्ष प्रेमकाजी श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली घरका पूर्व अध्यक्ष तथा समाजसेवी नारायण श्रेष्ठ, एनआरएन नर्वेका संस्थापक…