मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

क्यालिफोर्नियाको स्याक्रोमेन्टोमा अन्तराष्ट्रीय नेपाली लायन्स क्लबको चार्टर नाईट हुदै

क्यालिफोर्नियाको स्याक्रोमेन्टोमा अन्तराष्ट्रीय नेपाली लायन्स क्लबको चार्टर नाईट हुदै


क्यालिफोर्निया (अमेरिका)- क्यालिफोर्नियाको राजधानी ऐतिहासिक नगरी स्याक्रोमेन्टोमा पहिलो पटक पहिलो अन्तर्राष्ट्रिय नेपाली लायन्स क्लबको स्थापना भएको छ I उक्त संस्थाको चार्टर्स नाईट सेलेब्रेसन (महोत्सव) यही आउँदो मे २० तारिख आइतबार हुने भएको छ I सो समारोहमा नेपाली गीत, नृत्य र कला- कौशल समेत प्रदर्शन हुने छ I
 
उक्त समारोहमा नेपाली मूलका डिस्ट्रिक्ट गभर्नर राजेन थापाले प्रमुख अतिथिका रूपमा सम्बोधन गर्ने र  संस्थाका संस्थापक प्रथम अध्यक्ष डा. दुर्गा दाहालले स्वीकारोक्ति मन्तव्य दिँदै नवागन्तुक  र नवप्रवेशी लायन्स हरूलाई स्वागत गर्ने कार्यक्रम छ I
 
सो कार्यक्रममा  निकटवर्ती जिल्लाका लायन्स समर्थक उच्च पदाधिकारीहरू र अन्य  लायन्सहरूको समेत  सहभागिता रहने  जानकारी संस्थापक प्रथम अध्यक्ष डा. दुर्गा दाहालले दिए ।
 
अन्तर्राष्ट्रिय लायन्स क्लबका वरिष्ठ पदाधिकारी र   क्यालिफोर्निया राज्यकी सिनेटर कमला एच हेरिसले समेत सम्बोधन गर्ने कार्यक्रम छ ।