लोकतन्त्रमा मात्रै आर्थिक समृद्धि र विकास : प्रधानमन्त्री ओली

नयाँदिल्ली । भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले वाम गठबन्धनको वर्तमान सरकारले लोकतन्त्रलाई थप परिष्कृत, मर्यादित र व्यवस्थित बनाएर नेपाललाई प्रगतिको पथमा अगाडि बढाउन क्रियाशील रहेको बताएका छन् ।    इन्डिया फाउण्डेशनले प्रधानमन्त्री ओलीको सम्मानमा आयोजना गरेको नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले वाम गठबन्धनको सरकार लोकतन्त्र मास्न उद्यत रहेको भन्दै केहीले भ्रम…