मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

अमेरिकामा इन्जिनियर प्रदिप सेढाईंको असमायिक निधन

अमेरिकामा इन्जिनियर प्रदिप सेढाईंको असमायिक निधन


हिमालयखवर संवाददाता
मिचिगन (अमेरिका)- मिचिगन स्थित रोचेस्टर हिल्स्मा बस्दै आएका युवा प्रदिप सेढांईको गत बिहीबार दुखद निधन भएको छ । पेशाले इन्जिनियर स्व सेढांई ३१ वर्षका थिए । नुवाकोटमा सन् १९८६ मा जन्मेका सेढाईं सन् २००७ मा उच्च शिक्षाका लागि अमेरिका आएका थिए । 
 
टेक्ससमा आई यहाँबाट केमिकल इन्जिनियरमा स्नातक गरेका सेढांईले पढाई पुरा गरेपछि साढे २ वर्ष मर्सिडिज बेञ्च कम्पनीमा प्रोसेस इन्जिनियरका रूपमा काम गरेका थिए । अमेरिका आउनु अघि उनीले  काठमाडौँको ह्वाइट हाउस कलेजमा पढेका थिए ।
 
सन् २०१५ यता रोचेस्टर हिल्स स्थिप क्रेसलर मोटरमा म्यानेजरका रूपमा कार्यरत थिए । उनका परिवारमा श्रीमती, बा आमा, दुई दिदी बहिनी र भाई छन् ।
 
उनको बिहीबार ११ बजे ह्युगश फेम्ली ट्रिब्युट सेन्टर ९७०० वेभच्यापल रोड ड्यालसमा हिन्दु परम्परा अनुसार अन्तिम संस्कार हुने परिवारले जनाएको छ । स्व सेढांईको अन्तिम संस्कारमा सहभागी हुन नेपालबाट बा, आमापनि आउँदै गरेको परिवारले जनाएको छ ।  
 

शेयर गर्नुहोस:

0
Shares