हिमालयखवर संवाददाता
अमेरिका-
लामो समय देखि आप्रावासीलाई कानुनी परामर्श दिँदै आएका न्यूयोर्कका सुपरलयर खगेन्द्र जीसीले कागजात विहीन नेपालीलाई अमेरिकी सरकारले दिएको अस्थायी काम गर्ने र बस्ने सुविधा टेम्प्रोररी प्रोटेक्ट स्ट्याटस (टीपीएस) रद्द भएको भन्दा पनि एक वर्ष समय थप भएको छ भनेर बुझ्दा हुने बताएका छन् ।
अव नेपालीका लागि सन् २०१९ को जुन २४ सम्म टीपीएसको समय छ, त्यस समय भित्र अर्को स्ट्याटसमा जाने प्रयास सर्न सकिन्छ जीसीले भने । अव नेपालीले पाएको टीपीएस सुविधा करिब १ वर्ष पछि समाप्त हुन्छ भन्ने थाहा भयो जीसीले त्यसभित्र अर्को स्ट्याट्सका लागि पहल गर्न भने सकिन्छ । होइन भने यहाँ बस्दा गैरकानुनी हुन सकिन्छ ।
अमेरिकाले नेपालमा सन् २०१५ को अप्रिलमा गएको विनाशकारी भूकम्पपछि र त्यसपछि पनि लगातार गएका पराकम्पनलाई ध्यान राख्दै नेपालीलाई टीपीएस सुविधा दिइएको थियो करिब ९ हजार नेपालीले टीपीएस सुविधामा रहेको अमेरिकी काँग्रेसले जनाएको छ ।
टीपीएस किन रद्द भयो ?
अमेरिकाको सम्बन्धित निकायले गलत सूचना पाएर टीपीएसले निरन्तरता नपाएको जस्तो देखिन्छ जीसीले भने कसले अमेरिकालाई गलत सूचना दियो यो जानकारी माग गर्न सकिन्छ ।
अमेरिकाको आप्रावासी मामिला हेर्ने मुख्य निकाय होमल्याण्ड सेक्यूरिटीद्धारा बिहीबार जारी विज्ञप्तिमा भूकम्पपछि नेपालले उल्लेख्य सुधार गरेको र पुननिमार्णको कार्यमा पनि उल्लेख्य प्रगति भएको उल्लेख छ ।
नेपालमा भूकम्पपछिको स्थितिमा खासै सुधार भएको छैन न पुननिमार्ण कार्यनै सकिएको छ जीसीले भने नेपाल सरकारले पनि पुर्ननिमार्ण सकियो भनेको छैन यस्तो कुनै रिर्पोट आएको छैन । यस्ता टीपीएस नविकरण हुनपर्ने कारणहरू थिए । तर, पुर्ननिमार्ण सकियो भनेर रिपोर्ट आएको भए गलत हो ।
नेपाल सरकारले टीपीएस नविकरणका लागि अमेरिकी सरकारलाई पत्राचार नगर्नु पनि गल्ती भएको जीसीले बताए । सरकारले पर्यटन आउंदैनन भनेर हो वा अन्य कुनै कारण टीपीएस नविकरणको अनुरोध गर्दै अमेरिकी सरकारलाई पत्राचार गरेन यसले गर्दा अमेरिकामा टीपीएसमा बस्दै आएका नेपालीलाई अन्योल भयो जीसीले भने भूकम्प पछिको अवस्थामा खासै सुधार नआएकाले पत्राचार गर्न सकिन्थ्यो ।
अमेरिकी सरकारी निकायले सही सूचना पाएन, काठमाडौँ स्थित अमेरिकी दूतावासले पनि गतल जानकारी गराएको हुन सक्छ जीसीले भने नेपालमा पुर्ननिमार्ण सकियो भन्नु गलत
हो ।
टीपीएस भएकाले अब के गर्ने ?
हाल टीपीएसमा रहेका नेपालीले टीपीएस अन्त्य हुने अन्तिम दिन जनु २४ २०१९ सम्म अमेरिकामा बस्न र काम गर्न लागि पुन रजिष्टर गर्नु पर्ने र यसबारे विस्तृत विवरण फेडेरल रजिष्टर नोटीस मार्फ दिइने होमल्याण्ड सेक्यूरिटीजे जनाएको छ । अहिले टीपीएसमा हुने सबैले रजिष्ट्रर गर्नुपर्छ सूचना आएपछि पहिले भरेजस्तै गरेर फारम भर्नु पर्छ जीसीले भने त्यसपछि एक वर्ष सबै सुविधा पाइन्छ, त्यस अवधिमा नेपाल जान आउन पनि सकिन्छ ।
अहिले अमेरिकाले ९ हजार नेपालीलाई निकाल्न लाग्यो भन्ने हल्ला आएको छ यो सही नभएको जीसीले बताए । अमेरिकाले अव यहाँ बस्दै आएको नेपालीलाई निकाल्न लाग्यो देश फकाउंदै छ भन्ने जुन हल्लाहरू भएका छन् यी सही होइनन् जीसीले भने ।







प्रतिक्रिया