मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

कोलोराडो सप्ताहको पाँचाै दिनसम्म चार लाख संकलन

कोलोराडो सप्ताहको पाँचाै दिनसम्म चार लाख संकलन


– नातिबाबु  भट्ट
कोलोराडो (अमेरिका)- नेपाली र नेपालीभाषी भुटानीहरुको बाक्लो बसोबास रहेको कोलोराडोमा नेपालीहरुको साझा सामुदायीक भवन निर्माणका लागी आर्थिक संकलन गर्ने उद्धेश्यले अयोजना गरिएको श्रीमद्भागवत् महापुराणको चौथो दिनसम्म झण्डै ३ लाख ६० हजार डलर सहयोग संकलन भएको छ ।  
 
नेपाली घरको संयोजन तथा कोलोराडोमा कृयाशिल सबै संघसंस्था र समाजसेवीहरुको आयोजनामा गत आईतबार देखी बाचन प्रविण पण्डित दिनबन्धु पोखरेलबाट श्रीमद्भागवत् महापुराणको कथावाचन शुरु भएको हो ।
 
नेपाली मुलका नेपाली भाषी भुटानीहरुको बाक्लो बसोबास रहेको अरोरा शहरको १६०९ हावाना स्ट्रीट स्थित भिलेज एस्चेन्ज सेन्टरमा उनीहरुको बिशेष सहयोगमा यस कार्यक्रम सञ्चालन भैरहेको छ ।  
 
यसरी नेपाली भाषा र संस्कृतीको पहिचाहन र संरक्षण गर्ने उद्धेश्यले निर्माण गर्न लागिएको सामुदायीक भवनको लागी सहयोग गर्नेहरुमा याक एण्ड यती रेष्टुरेन्टका संचालक दिनेश भट्टराईको परिबारबाट २५ हजार १ सय १, नविन दत्तको परिबारबाट १५ हजार १, कृष्ण काफ्लेको परिवारबाट ११ हजार १ सय ११ र पदम बिश्वकर्माको परिबारबाट ५ हजार सहयोग गर्ने प्रतिबद्धता भएको छ । 
 
त्यसैगरी सहयोगको प्रतिबद्धता जनाउनेहरुमा शैलेस पोखरेलको परिवारबाट २ हजार २ सय २, सोम बरालको परिवारबाट २ हजार, केदार खतिवडाको परिवारबाट १ हजार ५ सय ११ , मेगमणी घिमीरेको परिवारबाट १ हजार १ सय ५१, सन्तोष काफ्लेको परिवारबाट १ हजार १ सय ११ रहेको छ । त्यस्तै १ हजार १ सहयोग गर्ने परिवारहरुमा क्रमश धनराज श्रेष्ठ, रोहिनी शर्मा, बलराम खनाल रुद्र न्यौपाने र प्रच्यूतमान श्रेष्ठ, रहेको कोषाध्यक्ष जगदिश ढकालले बताएका छन् ।
 
 
नेपालीहरुको आस्थाको धरोहर सामुदायिक भवन निर्माणको महायज्ञमा सहयोग गर्ने दाताहरुलाई अध्यक्ष मण्डलका टिम र नेपाली घरका पदाधिकारीहरुले खादा पहिराएर सम्मान गरेका थिए । भक्तजनहरुलाई ईन्डिया नेपाल ओभन रेष्टुरेन्ट लिटलटनका संचालक राधिका लामिछानेको परिवारबाट र इन्डियाज किचेन पार्करका संचालक अशोक न्यौपानेको परिबारबाट निशुल्क खाना उपलब्ध गराएका थिए । 
 

शेयर गर्नुहोस:

0
Shares