मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

कोलोराडो सप्ताहको तेश्रो दिन आज झण्डै एकलाख डलर सहयोग संकलन

कोलोराडो सप्ताहको तेश्रो दिन आज झण्डै एकलाख डलर सहयोग संकलन


– नातिबाबु  भट्ट 
कोलोराडो (अमेरीका)- नेपाली र नेपाली भाषी भुटानीहरुको बाक्लो बसोबास रहेको कोलोराडोमा नेपालीहरुको साझा सामुदायीक भवन निर्माणका लागी आर्थिक संकलन गर्ने उद्धेश्यले अयोजना गरिएको श्रीमद्भागवत् महापुराणको तेश्रो दिन सम्म आईपुग्दा १ लाख ५० हजार डलर भन्दा बढि सहयोग संकलन भएको छ ।  
 
नेपाली घरको संयोजन तथा कोलोराडोमा कृयाशिल सबै संघ संस्था र समाजसेवीहरुको आयोजनामा गत आईतबार देखी बाचन प्रविण पण्डित दिनबन्धु पोखरेलको मुखारबिन्दबाट श्रीमद्भागवत् महापुराणको कथावाचन शुरु भएको हो ।
 
नेपाली मुलका नेपाली भाषी भुटानीहरुको बाक्लो बसोबास रहेको अरोरा शहरको १६०९ हावाना स्ट्रीट स्थित भिलेज एस्चेन्ज सेन्टरमा उनीहरुको बिशेष सहयोगमा यस कार्यक्रम सञ्चालन हुन गएको हो । 
 
ग्लोवल भुटनिज कम्यूनिटी अफ कोलोराडोका अध्यक्ष सोम बरालको प्रमुख आतिथ्यतामा सुरु भएको कार्यक्रममा आज एनआरएन कोलोराडो च्याप्टर र एनआरएन हेल्पडेक्स कोलोराडोको पहलमा संकलित रकम सामुदायीक भवन निर्माणगर्न ४० हजार डलर दिने घोषणा गरेर अहिले सम्मको संघसंस्था तर्फ ठुलोदाता बनेको छ । कार्यक्रमलाई संम्बोधन गर्दै एनआरएन यूएसए हेल्पडेक्सका केन्द्रिय सदस्य बासुदेब खनालले सहयोग रकम संकलन अभियान निरन्तर रहने बताए । कार्यक्रममा कोलोराडो च्याप्टरका अध्यक्ष लिलाराज ढु¨ाना, उपाध्यक्ष तथा कोलोराडो च्याप्टर हेल्पडेक्सका संयोजक कुमारजंग कार्की लगायतका टिमको उपस्थिती रहेको थियो । 
 
त्यसैगरी आज आर एण्ड आर होम केयर तथा मैरिक एडल्ट डे केयरका भेनस मेटावर्सनले नेपाली समुदायले अघि बढाएको अभियानबाट प्रभावीत भई १० हजार डलर सहयोग गरेका छन् ।
 
त्यस्तै अन्य दाताहरुमा अध्यक्ष मण्डलका सदस्य डा.बिष्णुबहादुर श्रेष्ठको परिबारबाट ११ हजार १, आर्का सदस्य डा.विजयराज शर्माको परिवारबाट १० हजार १ डलर सहयोग दिने घोषणा गरेका छन् । 
 
त्यसैगरी आज सामुदायिक भवन निर्माण गर्न सहयोगको घोषणा गर्नेहरुमा सोम अर्यालको स–परिबारबाट ५ हजार १, पूर्ण गुरुङको परिवारबाट ५ हजार १ सय, पुष्कर बस्नेतको परिवारबाट १ हजार १ सय ११, नन्दलाल न्यौपानेको परिवारबाट १ हजार १ सय ११,  किरात कल्चरल साेसाइटी अफ केलाेराडाेबाट १ हज्ाँर २५, निर्मल प्याकुरेलको परिवारबाट १ हजार १, राजु थापाको परिवारबाट १ हजार १ र अर्जुन कार्कीको परिवारबाट १ हजार सहयोग भएको कोषाध्यक्ष जगदिश ढकालले बताएका छन् ।
 
 मध्यान्तर पछिको कार्यक्रम कोलोराडो अफ्रीकन अर्गनाईजेशनका शेर मीजारको प्रमुख आतिथ्यतामा सञ्चालन भएको थियो । मध्यान्तरको समयमा हनुमान चालिसाका भजन समुहका भक्तजनहरुले भजन प्रस्तुत गरेका थिए । सहयोग गर्ने दाताहरुलाई अध्यक्ष मण्डलका टिमले खादा पहिराई दिई सम्मान गरेका थिए । 
 
आजका भक्तजनहरुलाई कोलोराडोस्प्रीङ निवासी पूरुषोत्तम पाण्डेले निशुल्क खाना उपलब्ध गराई सहयोग गरेका थिए । त्यस्तै हिजोको खाना खगेन्द्र गुरुङ हिमचुली रेष्टुरेण्ट अशिम केसी, स्टार अफ ईन्डिया रेष्टुरेन्ट र जगदिश ढकालले उपलब्ध गराएका थिए । आजका्े कार्यक्रम सरिता गरुङले सञ्चालन गरेकी थिइन ।