मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

कोलोराडो सप्ताहको चौथो दिन आज डेड लाख डलर सहयोग संकलन

कोलोराडो सप्ताहको चौथो दिन आज डेड लाख डलर सहयोग संकलन


– नातिबाबु  भट्ट
कोलोराडो (अमेरीका)- नेपाली र नेपाली भाषी भुटानीहरुको बाक्लो बसोबास रहेको कोलोराडोमा नेपालीहरुको साझा सामुदायीक भवन निर्माणका लागी आर्थिक संकलन गर्ने उद्धेश्यले अयोजना गरिएको श्रीमद्भागवत् महापुराणको चौथो दिन सम्म आईपुग्दा झण्डै ३ लाख डलर सहयोग संकलन भएको छ ।  
 
कार्यक्रमको संयोजक संस्था नेपाली घरका टिमले आज १ लाख डलर सहयोग गर्ने  घोषणा गरेपछि सहयोग रकम ३ लाख पुगेको हो । कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली घरका अध्यक्ष लछुमण रानाले नेपाल र नेपालीको पहिचाहन गराउने यस महान यज्ञमा सबैलाई सहभागी हुन अनुरोध गरे ।  कोलोराडोमा कृयाशिल सबै संघ संस्था र समाजसेवीहरुको आयोजनामा गत आईतबार देखी बाचन प्रविण पण्डित दिनबन्धु पोखरेलको मुखारबिन्दबाट श्रीमद्भागवत् महापुराणको कथावाचन शुरु भएको हो ।
 
नेपाली मुलका नेपाली भाषी भुटानीहरुको बाक्लो बसोबास रहेको अरोरा शहरको १६०९ हावाना स्ट्रीट स्थित भिलेज एस्चेन्ज सेन्टरमा उनीहरुको बिशेष सहयोगमा यस कार्यक्रम सञ्चालन हुन गएको हो । 
 
यसरी नेपाली भाषा र संस्कृतीको पहिचाहन र संरक्षण गर्ने उद्धेश्यले निर्माण गर्न लागिएको सामुदायीक भवनकोलागी सहयोगर्नेहरुमा कोलोराडो स्प्रिड होम केयरबाट १० हजार १ सय ११, बाबुकाजी श्रेष्ठबाट १० हजार १ सहयोग गर्ने घोषणा भएको छ ।  
 
त्यसैगरी आज सहयोगको प्रतिबद्धता जनाउनेहरुमा तिर्थ बर्माको परिवारबाट ५ हजार १ सय ११, भोला कटुवालको परिवारबाट २ हजार ५ सय १, मणी दाहालको परिवारबाट २ हजार ५ सय १, श्याम नेपालको परिवारबाट १ हजार ५, डिपीशर्मा धौलारीको परिवारबाट १ हजार १ सय ११, सन्तोष गुप्ताको परिवारबाट १ हजार ११ र दामोदर लुईटेलको परिवारबाट १ हजार डलर सहयोग दिने घोषणा भएको आर्थिक समिती संयोजक संगीता श्रोत्रीयले बताएकी छन् ।
 
मध्यान्तरको समयमा बैदिक सनातन भजन मण्डलीका टिमले भजन प्रस्तुत गरेका थिए । सहयोग गर्ने दाताहरुलाई अध्यक्ष मण्डलका टिम र नेपाली घरका पदाधिकारीहरुले खादा पहिराई दिई सम्मान गरेका थिए । आजका भक्तजनहरुलाई ईन्डियाज वेष्ट रेष्टुरेन्टका संचालक दोर्ण आचार्यले निशुल्क खाना उपलब्ध गराई सहयोग गरेका थिए । आजका्े कार्यक्रम सरिता गुरुङले सञ्चालन गरेकी थिइन ।