कोइराला समूहले निर्वाचन हारे पनि विचार विजयी, भागबण्डा र गुटबन्दीको राजनीतिमा नलाग्ने घोषणा

काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सभापति पदका प्रत्यासी डा शेखरप्रसाद कोइरालाले पार्टीमा बेथिति भए सशक्तरूपमा प्रस्तुत हुने बताएका छन् । कोइराला समूहले आयोजना गरेको महाधिवेशन प्रतिनिधिलाई धन्यवाद ज्ञापन कार्यक्रममा उनले चुनावी परिणामलाई स्वाभाविकरूपमा लिएको र स्वस्थ प्रतिस्पर्धाबाट प्रधानमन्त्री शेरबहादुर देउवा सभापति पदमा निर्वाचित भएको बताए ।     “निर्वाचन हारे पनि हामीले लिएको विचार विजयी…