काठमाडौँ । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले आफू पार्टीको जारी १४औँ महाधिवेशनमा नेतृत्वको प्रतिस्पर्धाबाट अलग रहने घोषणा गरेका छन् । पार्टीको महाधिवेशन केवल व्यक्तिको छनोट गर्ने मात्र थलो नभई यसले पार्टीलाई स्पष्ट नीति, योजना र एकताको सन्देश दिनु आवश्यक रहेको भन्दै उनले पार्टीभित्र अहिले देखिएको परिस्थितिमा नेतृत्वका लागि प्रतिस्पर्धा नगर्ने घोषणा गरेका हुन् । …