मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

काठमाडौँ-४ मा निर्वाचित भएपछि गगनले भने, “कांग्रेस संसदीय दल निर्वाचनमा जुट्छु”

काठमाडौँ-४ मा निर्वाचित भएपछि गगनले भने, “कांग्रेस संसदीय दल निर्वाचनमा जुट्छु”


काठमाडौँ । काठमाडौँ क्षेत्र नं ४ प्रतिनिधिसभा सदस्यतर्फ निर्वाचित भएका नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफू संसदीय दलको निर्वाचनमा जुट्ने बताएका छन् । 
 
निर्वाचनमा मतगणनाको अन्तिम परिणामपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले यो निर्वाचनबाट मतदाताले तेतृत्वप्रति आक्रोश देखाएको मात्र नभइ नयाँ नेतृत्वको अपेक्षासमेत गरेको बताए । 
 
“मतदाताले स्थिर सरकार मात्र खोजेको होइन, नेपाल हाक्ने नयाँ चालक पनि चाहेका छन् । त्यो चालक नेपाली कांग्रेसले दिनसक्छ । कांग्रेसले नै अन्य पार्टीलाई एकताबद्ध बनाएर नयाँ नेतृत्व लिन तयार छ” महामन्त्री थापाले भने, “आम जनतालाई पनि विस्वस्त तुल्याउन चाहन्छु, निर्वाचन अभियान सकिएपछि अब म आजैदेखि कांग्रेस संसदीय दलको चुनावका लागि तयारीमा जुट्छु ।”
 
अहिले गठबन्धन गरिरहेको नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले चुनावपछि पनि सहकार्य जारी राख्नेमा आफू आशावादी रहे पनि चुनावी अन्तिम नतिजाले त्यसको निर्क्योल गर्ने थापाको प्रतिक्रिया थियो ।
 
त्यसैगरी नागरिकका अपेक्षा पूरा गर्न नसक्दा अहिले मतदाताले आक्रोश पोखिरहेको पनि उनको भनाइ थियो । “हामीले गरेको वाचा पूरा हुन सकेका छैनन् । हामी पाँच वर्षका लागि निर्वाचित भए पनि व्यवहारिक हिसाबले पाउने समय भनेको पाँच महिना मात्रै हो,” थापाले भने, “म मतदाताको ऋणी छु । जुन विश्वासका साथ मलाई मतदान गराउनुभएको छ, त्यसमा ठेस लाग्ने र आघात पुग्ने काम गर्नेछैन । दिनरातको मेहनतबाट आजभन्दा भोलि राम्रो हुने अवस्था बनाउनुपर्ने छ ।” रासस