प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी एमालेको अवरोध कायमै, संसद्लाई बन्धक नबनाउन सभामुखको आग्रह

काठमाडौँ । पुनःस्थापित प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी नेकपा (एमाले) को अवरोध कायमै छ । संसदमा देखिएको गत्यावरोध हटाउन सभामुख अग्निप्रसाद सापकोटाको पहलकदमीलाई एमालेले अस्वीकार गर्दै आएको छ ।   संसद् खुलाउन सभामुखले बोलाएको सर्वदलीय बैठक एमालेले बहिस्कार गरिरहेको छ । नवौँ अधिवेशन भर संसद्मा एमालेको अवरोध कायम रह्यो । सङ्घीय संसद्को दशौँ अधिवेशन गत मङ्सिर…