मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

नेपाली कांग्रेस दुई र एमाले एक स्थानमा विजयी

नेपाली कांग्रेस दुई र एमाले एक स्थानमा विजयी

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन । प्रतिनिधिसभा सदस्यतर्फ नेपाली कांग्रेसले दुई स्थानमा खाता खोलेको छ भने एमाले एक स्थानमा विजयी भएको छ । मुस्ताङ १ बाट नेपाली कांग्रेसका योगेश गौचन थकाली विजयी भएका छन् । उनले ३९९२ मत प्राप्त गर्दा प्रतिद्वन्द्वी एमालेका प्रेमप्रसाद तुलाचनले ३०७८ मत ल्याए । 
यसैगरी, मनाङ १ मा कांग्रेसका टेकप्रसाद गुरुङ २५७५ मतका साथ विजयी भए भने एमालेका पाल्देन छोपाङ गुरुङले २२४७ मत प्राप्त गरे । 
 
यस्तै, ललितपुर–२ मा नेकपा एमालेका प्रेमबहादुर महर्जन विजयी भएका छन् । हाम्रो नेपाली पार्टीका सुदीन शक्यलाई पराजित गराउँदै महर्जनले जीत हासिल गरेका हुन् ।
 
महर्जनले १९ हजार ८३४ मत ल्याएर विजयी हुँदा शाक्यले जम्मा १० हजार ४४० मत प्राप्त गरेका छन् । कुल १६५ सिटमध्ये अहिले १०७ स्थानमा मतगणना भएको छ । जसमा कांग्रेस ३६ स्थानमा अगाडि छ भने एमाले २६, समाजवादी ९, माओवादी र स्वतन्त्र पार्टी ८/८ ठाउँमा अगाडि छ । राप्रपाले ५ स्थानमा अग्रता लिएको छ ।