मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

चितवनमा हरि ढकाल, रवि लामिछाने र विक्रम पाण्डेको अग्रता कायमै (अपडेट)

चितवनमा हरि ढकाल, रवि लामिछाने र विक्रम पाण्डेको अग्रता कायमै (अपडेट)

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन । चितवनका तीन निर्वाचन क्षेत्रमध्ये क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल अग्रस्थानमा रहेका छन् । उनले ८ हजार ७०३ मत प्राप्त गर्दा नेकपा (एमाले)का सुरेन्द्र पाण्डेले ७ हजार ३२९ मत प्राप्त गरेका छन् । यस्तै, गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका डा. विश्वनाथ पौडेलले ६ हजार ७८९ मत प्राप्त गरेका छन् ।  
 
यस क्षेत्रमा एक लाख ३९ हजार आठ सय ४५ जना मतदाता रहेकामा ६८ दशमलव ७३ प्रतिशत मत खसेको छ । 
 
यस्तै, क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले ६ हजार ४०१ मत प्राप्त गरी अग्रता लिएका छन् । नेकपा (एमाले)का कृष्णभक्त पोख्रेलले ४ हजार ७५४ मत प्राप्त गरेका छन्  भने गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उमेश श्रेष्ठले ४ हजार ३१६ मत प्राप्त गरेका छन् ।    
 
यस क्षेत्रमा  एक लाख २४ हजार दुई सय १४ मतदाता रहेकामा ६७ दशमलव तीन प्रतिशत मत खसेको छ । 
 
क्षेत्र नं ३ मा राप्रपाका विक्रम पाण्डेले अग्रता कायम गरेका छन् । उनले ६ हजार ७१२ मत प्राप्त गर्दा गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका डा भोजराज अधिकारीले ४ हजार ६९४ मत प्राप्त गरेका  छन् ।  
 
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीकी जीता बरालले ५ हजार १९ मत प्राप्त गरेकी छन् भने स्वतन्त्र उम्मेदवार दिनेश कोइरालाले ३ हजार ६८७ मत प्राप्त गरेका छन् । यस क्षेत्रमा हालसम्म १३ हजार आठ सय ८२ मतगणना सकिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 
 
क्षेत्र नं ३ मा ६५ दशमलव ४१ प्रतिशत मात्रै मत खसेको निर्वाचन अधिकृत हरिसिंह धामीले जानकारी दिए । यस क्षेत्रमा एक लाख ४४ हजार दुई सय ८३ मतदाता छन् ।