मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

१४७ स्थानमा मतगणना हुँदा कांग्रेस ४६, एमाले ४४ र माओवादी १६ स्थानमा अगाडि

१४७ स्थानमा मतगणना हुँदा कांग्रेस ४६, एमाले ४४ र माओवादी १६ स्थानमा अगाडि


काठमाडौँ । आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत प्रतिनिधिसभाको एक सय ६५ निर्वाचन क्षेत्रमध्ये एक सय ४७ स्थानमा मतगणना जारी छ । निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट तथ्याङ्कअनुसार हालसम्म नौ निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । 
 
आयोगका अनुसार हालसम्म काठमाडौँ क्षेत्र नं ४ मा कांग्रेसका गगनकुमार थापा, रसुवा १ मा मोहन आचार्य, काठमाडौँ १ मा प्रकाशमान सिंह, मनाङ क्षेत्र नं १ मा टेकबहादुर गुरुङ र मुस्ताङ क्षेत्र नं १ मा योगेश गौचन थकाली निर्वाचित भइसकेका छन् । जारी मतगणनामा कांग्रेसका उम्मेदवार ४६ स्थानमा अगाडि छन् । 
 
यस्तै, नेकपा एमालेबाट काठमाडौँ १ मा कृष्णगोपाल श्रेष्ठ, उदयपुर २ मा अम्बरबहादुर रायमाझी र ललितपुर २ मा प्रेमबहादुर महर्जन विजयी भएका छन् । नेकपा (एमाले) ४४, नेकपा (माओवादी केन्द्र० १६, राष्ट्रिय स्वतन्त्र पार्टी ९, नेकपा (एकीकृत समाजवादी) ८ र अन्य उम्मेदवार २४ स्थानमा अगाडि छन् । 
 
प्रदेशसभाको प्रत्यक्षतर्फ प्रदेश नं १ मा एमाले १५, कांग्रेस ११, माओवादी पाँच, एकीकृत समाजवादी चार र राष्ट्रिय प्रजातन्त्र पार्टी दुई स्थानमा अगाडि छन् । मधेस प्रदेशमा जनमत पार्टी दुई, कांग्रेस आठ, एमाले १२, जनता समाजवादी पार्टी पाँच र अन्य उम्मेदवार १४ स्थानमा अगाडि छन् । मधेस प्रदेशमा जनमत पार्टीका दुई उम्मेदवार विजयी भएका छन् । सप्तरी निर्वाचन क्षेत्र नं १ मा सतिशकुमार सिंह र क्षेत्र नं २ मा महेशप्रसाद यादव विजयी भएका छन् । 
 
बागमती प्रदेशमा कांग्रेस १६, एमाले १४, माओवादी केन्द्र पाँच, एकीकृत समाजवादी र राप्रपा चाररचार तथा अन्य दुई स्थानमा अगाडि छन् । बागमती प्रदेशभाको प्रत्यक्षतर्फ काठमाडौँ निर्वाचन क्षेत्र नं १ मा कांग्रेसका छिरिङ दोर्जे लामा र ललितपुर निर्वाचन क्षेत्र नं २ मा रामकृष्ण चित्रकार तथा ललितपुर निर्वाचन क्षेत्र नं १ मा एमालेका रामेश्वर श्रेष्ठ विजयी भएका छन् । 
 
गण्डकी प्रदेशमा कांग्रेस आठ, एमाले ११, माओवादी केन्द्र तीन र एकीकृत समाजवादी एक स्थानमा अगाडि छन् । गण्डकीमा मनाङ क्षेत्र नं १ बाट कांग्रेसका मुनिन्द्रजङ्ग गुरुङ, मुस्ताङ क्षेत्र नं १ बाट नम्डु गुरुङ, क्षेत्र नं २ बाट विकल शेरचन विजयी भएका छन् । मनाङ क्षेत्र नं २ बाट स्वतन्त्र उम्मेदवार राजीव गुरुङ विजयी भएका छन् । 
 
लुम्बिनी प्रदेशमा एमाले ११, कांग्रेस नौ, माओवादी केन्द्र चार, राष्ट्रिय प्रजातन्त्र पार्टी तीन, जनता समाजवादी पार्टी दुई र अन्य उम्मेदवार छ स्थानमा अगाडि छन् । कर्णाली प्रदेशमा कांग्रेस र माओवादी केन्द्र चाररचार तथा सुदूरपश्चिम प्रदेशमा कांग्रेस पाँच, एमाले चार, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र उम्मेदवार एकरएक स्थानमा अगाडि छन् ।