गृहमन्त्री खाणद्वारा नागरिकता ऐन संशोधन विधेयक संसदमा पेस

काठमाडौँ । सरकारले ल्याएको नागरिकता ऐन संशोधनसम्बन्धी विधेयक प्रतिनिधिसभाबाट अगाडि बढेको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा गृहमन्त्री बालकृष्ण खाणले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९’ पेस गरेका हुन् ।   प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसद डा।भीमबहादुर रावल, शेरबहादुर तामाङ र नेपाल मजदुर किसान पार्टीका सांसद् प्रेम सुवालले दर्ता गरेको विरोधको सूचनालाई प्रतिनिधिसभाको बहुमतले…