काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मोरङका प्रतिनिधिसभाका सदस्य लालबाबु पण्डितलाई जनसङ्ख्या तथा वातावरण मन्त्रीमा नियुक्त गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालय, शीतल निवासमा आयोजित समारोहमा उनलाई पद तथा गोपनीयताको शपथ गराएकी हुन् । समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, निवर्तमान प्रधानमन्त्री लगायतको सहभागिता थियो । पण्डित यसअघि सामान्य प्रशासनमन्त्री रहेर चचामा आएका थिए । …