काठमाडौं प्रहरी परिसरले काठमाडौंका विभिन्न स्थानबाट २१ हजार रुपैयाँ बराबरको नक्कली नोटसहित पाँच जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नक्कली नोट चलाउने गिरोहका ललितपुरको गोदावरी–४ घर भइ हाल ताल्सीखेलमा एमएस वर्कसप सञ्चालन गरी रहेका ३० वर्षीय मनोज केसी, ललितपुर–१४, ताल्सीखेलका २३ वर्षीय आशिष माझी, नेमा तामाङ, धनुषा घर भर्इ ललितपुरको नख्खिपोट बस्दै आएका २५ वर्षीय धीरजबहादुर ठकुरी, भोजपुरको खावा–९ घर भर्इ हाल नख्खीपाट बस्दै आएका २५ वर्षीय निगम राई र सोलुखुम्बु तिम्ला–८ घर भर्इ काठमाडौंको कपन बस्दै आएका ३१ वर्षीय भेषकुमार थापा मगर छन् ।
उनीहरुको साथबाट ३८ वटा ५ सय रुपैयाँको र दुई वटा हजार रुपैयाँको नक्कली नोट बरामद गरिएको प्रहरीले जनाएको छ ।
काठमाडौंका विभिन्न स्थानमा पसलहरुमा नक्कली नोटको प्रयोग गरी सामान खरिद गर्ने गरेको क्रम बढेको सुराकीका आधार प्रहरी परिसरले अप्रेशन चलाएको थियो । सोही क्रममा उनीहरु पक्राउ परेका हुन् ।
नक्कली नोट बनाउने गिरोह भने पक्राउ परेका छैनन् । पक्राउ परेकामध्ये नेमाले उक्त नोटहरु वीरगञ्जबाट ल्याएको बयान दिएका छन् । प्रहरीले अनुसज्न्धान प्रक्रिया अगाडि बढाएर छानबिन गरिरहेको जनाएको छ ।







प्रतिक्रिया