मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

मिनिट्रक दुर्घटनामा चालकको मृत्यु, तीन घाइते

मिनिट्रक दुर्घटनामा चालकको मृत्यु, तीन घाइते


धादिङ । धादिङको थाक्रे गाँउपालिका वडा नं  १  गैरीगाउँमा मिनिट्रक दुर्घटना हुँदा चालकको ज्यान गएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् ।  
 
पृथ्वीराजमार्गको सिम्लेबाट सामान लिएर ग्रामीण सडक हुँदै थाक्रे जाँदै गरेको बा १ ख ९८४२ नम्बरको ट्रक सोमबार मध्यराति सडकबाट ८० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । 
 
दुर्घटनामा ट्रक चालक धादिङ थाक्रे १ का ३० वर्षे दलबहादुर तामाङको सोही ट्रकले च्यापिएर घटनास्थलमै  ज्यान गएको अस्थाई प्रहरी पोष्ट सिम्लेले जनाएको छ । 
 
दुर्घटनामा गम्भीर घाइते टीकाराम तामाङ, राजेश तामाङ र कमल तामाङलाई तत्काल उद्धार गरी उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर काठमाडौँ लगिएको प्रहरीले जनाएको छ ।