काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन निर्धारित मितिमा हुने र यसले संघीय लोकतन्त्रलाई बलियो बनाउने विश्वास व्यक्त गरेका छन् । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा नेपालका लागि अमेरिकी राजदूत अलाइना बी टेप्लिजसँगको शिष्टाचार भेटमा उनले भने, “स्थानीय निकायको निर्वाचनमा जनताको उत्साहजनक सहभागिता रह्यो, निर्वाचित स्थानीय जनप्रतिनिधिले आफ्नो सेवा, सुविधा जनताको घर आँगनमै प्रदान…