मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

ओली सरकारबाट मनोनित तीन सदस्यलाई शपथ नगराउन सर्वोच्चको आदेश

ओली सरकारबाट मनोनित तीन सदस्यलाई शपथ नगराउन सर्वोच्चको आदेश


ओली सरकारले मनोनित गरेका तीन सदस्यलाई शपथ ग्रहण नगराउन सर्वोच्च अदालतले अन्तरकालनी आदेश जारी गरेको छ । मुद्दाको टुंगो नलागेसम्म ओली सरकारको मनोनयनमा परेका युवराज खतिवडा, रामनारायण विडारी र विमला पौडेलले शपथ लिन पाउने छैनन् ।
 
पूर्ववत शेरबहादुर देउवा नेतृत्वको सरकारले सिफारिस गरेका तीन जनाको नाम फिर्ता लिएर प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले अर्का तीन जनाको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।
 
पछिल्लो सरकारले सिफारिस गरेका सदस्यहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीलेले तत्कालै मनोनित गरेकी थिइन् । सिफारिसमा परेर फिर्ता लिइएका तीन जना सर्वोच्च अदालत पुगेका थिए ।
 
सर्वोच्चले दिएको अन्तरकालीन आदेशमा २० गते तीनजनालाई शपथ नगराउन भनिएको छ । न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले सो आदेश दिएको हो । आदेशमा दुवै पक्षलाई छलफलको लागि फागनु २० गते अदालतमा उपस्थित हुनसमेत भनिएको छ ।  
 
राष्ट्रियसभा सदस्यका लागि देउवा सरकारले सिफारिस गरेका गोपाल बस्नेत, कृष्णप्रसाद पौडेल र चाँदनी जोशीले गत शुक्रबार ११ गते सर्वोच्चमा रिट दायर गरेका थिए । 
 
रिट निवेदनमा आफूहरुलाई विस्थापित गरी अन्य तीन जनालाई मनोनयनका लागि सिफारिस गर्नु र कार्यान्वयन गर्नुको वैध कारण नभएको उल्लेख रहेको छ । रिटमा राष्ट्रपतिले समेत सिफारिस अड्काएर गैर संवैधानिक कार्य गरेको भन्दै पुरानै निर्णय कार्यान्वयन गर्न उनीहरुले माग गरेका छन् । 
 
साथै पुरानै सरकारको निर्णयअनुसार प्रत्यार्थीको नाममा परमादेश र मुद्दाको अन्तिम टुंगो नलागेसम्म शपथ गर्न नगराउन विपक्षीको नाममा आन्तरिम आदेशसमेत माग गरिएको छ ।