मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

देशका धेरै ठाउँमा वर्षा, पूर्वमा ठूलो पानी पर्ने सम्भावना

देशका धेरै ठाउँमा वर्षा, पूर्वमा ठूलो पानी पर्ने सम्भावना


काठमाडौं, भदौ २ – देशका धेरै ठाउँमा अहिले पानी परिरहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
 
मौसमविद् राजु प्रधानाङगका अनुसारआज पूर्वको एक दुई ठाउँमा अझै ठूलो पानी पर्ने संभावना छ । पूर्वमा मौसमी प्रणाली सक्रिय भएकाले अरु ठाउँको तुलनामा भारी वर्षा हुने उहाँले बताउनुभयो ।
 
यसैबीच गएरातीदेखिको अविरल वर्षाका कारण विभिन्न नदीमा पानीको सतह बढेको छ । अहिले कोशीको चतरामा पानीको सतह बढ्दै गएपनि अहिले नै धेरै खतरा भने नभएको बाढी पूर्वानुमान कार्यक्रमले जनाएको छ । तर सतर्क हुन त्यस आसपासका बासिन्दालाई आग्रह गरिएको छ ।
 
साभार: उज्यालो नेटवर्क