मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

भीरबाट लडेर चेपाङको मृत्यु

भीरबाट लडेर चेपाङको मृत्यु


सिद्धि । सिद्धि गाविस वाड नम्बर ९ का चन्द्रबहादुर चेपाङको भीरबाट लडेर मृत्यु भएको छ । स्थानीय ४५ वर्षका चेपाङको घटनास्थलमै मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।
 
त्यस्तै चितवनको विकट लोथर ९ स्थित नेपाङलोउमा खर काट्न गएका २८ वर्षीय गञ्जलाल चेपाङको भीरबाट लडेर मृत्यु भएको हो । जेरबाङ भीरमा खर काट्न विहान ९ बजेका गएका उनलाई साँझ मृत अबस्थामा फेला पारिएको चेउदीङस्थित राष्ट्रिय प्राविका प्रधानाध्यापक अरुण चेपाङले टेलिफोन मार्फत जानकारी दिएका छन् ।
 
त्यस्तै पौडी खेल्ने क्रममा सोमबार एक बालकको मृत्यु भएको छ । नारायणी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएको बालकको पहिचान नभइसकेको चितवन प्रहरीले जनाएको छ ।
 
त्यस्तै सोमबार दिउँसो नारायणी पुल नजिकै नदी किनारमा अन्दाजी १२ वर्षीय एक बालकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।