मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

जुम्लामा भएको झडपमा पाँच घाइते

जुम्लामा भएको झडपमा पाँच घाइते


जुम्ला । जुम्ला सदरमुकाम खलङ्गामा आन्दोलनकारीले निषेधाज्ञाको अवज्ञा गरेपछि प्रहरीसँग भएको झडपमा सोमबार पाँच जना घाइते भएका छन् । 
 
प्रहरीसँगको झडपमा परी स्थानीय रतननाथ योगी, धर्मेन्द्र रोकाया, रामकृष्ण चौलागाईँ, नृपेन्द्र महत र कष्णानन्द जैसी घाइते भएका छन् । 
 
प्रमुख जिल्ला अधिकारी दीपेन्द्रराज पौडेलका अनुसार घाइतेलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।
 
आन्दोलनकारीले दिनभर निषेधाज्ञाको अवज्ञा गर्ने प्रयास गरिरहेका थिए भने प्रहरीकातर्फबाट बेलाबेलामा हवाई फायर भएको थियो । आन्दोलनकारीले पटकपटक प्रहरीको घेरा तोडेर जिल्ला प्रशासन कार्यालय अघिल्तिर प्रदर्शन गर्ने प्रयास गरिरहेका थिए ।
 
जुम्लामा स्वायत्त कर्णाली प्रदेशको माग राख्दै केही दिनदेखि आन्दोलन भइरहेको छ । रासस