चितवन । समस्या जटिल किन नहोस् यसमा सामेल भएका पक्षले अडान त्याग्ने हो भने समाधान निस्कँदो रहेछ । भरतपुरमा रहेको ५१ वर्ष पुरानो एउटा जग्गा विवादमा भएको मिलापत्रले यही देखाएको छ । भरतपुर बर्मेली क्याम्पको १० बिघा जग्गाको लालपुर्जा एउटाको नाममा भए पनि बसोबास अरुको भएका कारण चल्दै आएको पुरानो विवादले अन्ततः मिलापत्र पाएको…