मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

चितवनमा संयमित भएर आन्दोलन गर्न प्रशासनको आग्रह

चितवनमा संयमित भएर आन्दोलन गर्न प्रशासनको आग्रह


चितवन । चितवन प्रशासनले आन्दोलनमा होमिएका सबैलाई संयमित भई आन्दोलन गर्न अनुरोध गरेको छ । 
 
प्रशासन कार्यालयमा मंगलबार बसेको सर्वदलीय, सर्वपक्षीय बैठकमा बोल्दै प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले शान्तिपूर्ण रुपमा माग राख्न पाउने अधिकार भए पनि हिंसात्मक रुप नदिन सबैमा अनुरोध गर्नुभयो । ‘आफ्नो जायज माग राखौं, संयमित भई अघि बढौं’–प्रजिअ सिंहले भन्नुभयो ।
 
बैठकमा बोल्दै राजनीतिक दलका प्रमुखहरुले आन्दोलनमा उत्रिएका थरुहट अगुवाहरुलाई संयमित भएर आफ्नो माग राख्न आग्रह गरे । उनीहरुले अहिले पनि आन्दोलनमा दलहरुले साथ दिएको भन्दै शान्तिपुर्ण रुपमा आफ्नो मागलाई राख्न अनुरोध गरेका छन् ।
 
नेपाली काँग्रेसका सभापति टेकप्रसाद गुरुङले जनजाति र थरुहट आन्दोलनको मागप्रति राजनीतिक दलहरुको समर्थन रहेको भनदै जायज माग पूरा गराउन सबैले प्रयत्न गर्ने बताउनुभयो । नेकपा एमालेका जिल्ला अध्यक्ष जेएन थपलियाले थारु अगुवाहरुसँग छलफल गरी जायज मागलाई संवोधन गराउन केन्द्रसँग अनुरोध गर्न सकिने बताउनुभयो । 
 
उहाँले चितवनमा अहिलेजस्तो जातीय सद्भाव कायम राख्न आन्दोलनका अगुवाहरुसँग आग्रह गर्नुभयो । राप्रपा नेपालका जिल्ला अध्यक्ष बद्री तिमिल्सेनाले चितवनमा अहिलेसम्मको सद्भाव कायम गरी शान्तिपूर्ण रुपमा आफ्नो माग राख्नुपर्ने बताउनुभयो ।