मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सबैलाई मान्य हुने संविधान निर्माण गर्नुपर्छ : अध्यक्ष यादव

सबैलाई मान्य हुने संविधान निर्माण गर्नुपर्छ : अध्यक्ष यादव


सुनसरी, इनरुवा । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सबैलाई मान्य हुने संविधान निर्माण गर्नुपर्ने  बताउनुभएको छ । 
 
सुनसरी सदरमुकाम इनरुवामा आज संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आयोजना गरेको आमसभामा अध्यक्ष यादवले अहिलेको सात प्रदेशीय सङ्घीयताले मधेसी, आदिवासी जनजाति, दलित महिलाको अधिकार सुनिश्चित नहुने दाबी गर्नुभयो ।
 
अध्यक्ष यादवले अधिकार र पहिचानका मुद्दालाई सात प्रदेशीय सङ्घीयताले सम्बोधन गर्न नसक्ने भएकाले आफूहरु आन्दोलनमा उत्रिनु परेको उहाँको भनाइ थियो ।
 
सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले अहिलेको चार दलीय गठबन्धनले मधेसको अधिकारलाई कुन्ठित गर्न दुसप्रयास गरेकाले आफुहरुले संविधानसभा छाडेको बताउनुभएको छ । 
 
उहाँले देशको विकास र निकासको बाधकसमेत ठूला दल भएको अरोप लगाउनुभयो । रासस