काठमाडौँ । नेपाल विद्यार्थी सङ्घका अध्यक्ष तथा सभासद् रञ्जित कर्णमाथि मंगलबार भएको आक्रमणको विरोधमा नेविसङ्घले ¥याली निकालेको छ । मंगलबार बिहान ७ बजे आफ्नै निवास हाँडीगाउँमा दश बाह्र जना हतियार बोकेको जत्थाले सभासद् कर्णमाथि आक्रमण तथा अभद्र ब्यवहार गरेको भन्दै नेविसङ्घले दोषीलाई तत्काल कारबाही गर्न माग गर्दै प्रदर्शनीमार्गबाट पुतलीसडकसम्म ¥याली निकालेको हो । …