मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

भैरहवामा रातभरि तात्यो मधेसी मोर्चाको आन्दोलन

भैरहवामा रातभरि तात्यो मधेसी मोर्चाको आन्दोलन


भैरहवा । आन्दोलनरत मधेसी मोर्चाका कार्यकर्ताले रुपन्देहीस्थित सशस्त्र प्रहरी बल लुम्बिनी बेसक्याम्पमा आक्रमणको प्रयास गर्दा आजराति अवस्था तनावमय भएको छ । 
 
बुद्ध जन्मस्थल लुम्बिनीदेखि करिब सात किलोमिटर टाढा नेपाल–भारत सीमा क्षेत्रमा रहेको कालिदहस्थित सशस्त्रको क्याम्पमा आक्रमण गर्न थालेको सूचना पाएर थप सुरक्षा बलका लागि पुगेको नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीलाई आन्दोलनकारीले बाटोमा अवरोध सिर्जना गरेका थिए ।
 
नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक महेन्द्र खड्का र सशस्त्र प्रहरी बल लुम्बिनी बेसक्याम्पका प्रमुख भरत कोइरालासहितको टोलीलाई सडकमा सवारी साधन तेस्र्याएर उनीहरुले अवरोध गरेका थिए । अवरोध हटाउँदै कालिदह पुगेर फर्केको टोलीमाथि प्रदर्शनकारीले ढुङ्गामुढा प्रहार गरेपछि समान्य बल प्रयोग गर्नु परेको सशस्त्र प्रहरी बल लुम्बिनी बेसक्याम्पका प्रमुख प्रहरी नायब उपरीक्षक कोइरालाले बताए ।
 
यसैबीच आन्दोलनकारीले एकाएक लुम्बिनी विकास कोषको दक्षिण क्षेत्रमा रहेको ६ नं ढोकाभित्रको सशस्त्रको क्याम्पमा समेत आक्रमण गरेका छन् । 
 
सोक्रममा प्रहरीले ७ सेल अश्रुग्यास र केहि राउण्ड हवाई फायर समेत गरेको रुपन्देहीका एसपी राजेन्द्र ढकालले जानकारी दिए । यस्तै आन्दोलनकारीले सशस्त्रको हेलमेट र सुरक्षाको लागि प्रयोग हुन सिसासमेत जलाइदिएका छन् ।
 
घटनाका सम्बन्धमा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले आन्दोलनरत पक्षसँग आज दिउँसो प्रशासनमा भएको समझदारीको सूचना समयमै आन्दोलनकारीले नपाउँदा लुम्बिनीमा केही तनावको अवस्था आएको बताए । रातोपाटी